खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का !



काठमाडौँ । नेप्सेमा खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले सो कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै सेयर कारोबार रोक्का गरेको हो ।

धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम २२ ९१० ९क० मा भएको व्यवस्था बमोजिम वित्तीय विवरण नेप्सेमा पेश गरेको नपाइएकाले कारोबार रोक्का गरिएको नेप्सेले सूचनामार्फत जनाएको हो । आइतबार लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का गरि पाउँ भनि सेबोन, नेप्से र विधुत नियमन आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार