अमेरिका छाडेर देश बनाउने सपना बोकेर आएका थिए उज्ज्वल !



काठमाडौं । उज्ज्वल थापा १९ वर्षकै उमेरमा खगोलविद् बन्ने सपना बोकेर अमेरिका छिरेका थिए । बुढानिलकण्ठ स्कुलका उत्पादन थापालाइ छात्रवृत्ति मिलेको थियो । कलिलो उमेरमा अमेरिका प्रवेश गरेका उनी मल्टिीमिडिया डिजाइनर बने । उनी भिक्षु बन्ने सोचमा समेत पुगेका थिए । तर, पछि उद्दमी बने ।

अमेरिकामा आइटीमा राम्रो अवसर पाएका थिए । बेनिङटन कलेजमा प्राज्ञिक तालिम लिएका उनी नेपालर्म आइटी कम्पनी खोल्न र नेपाल बनाउन फर्किएका थिए । उनीसँग मिसन र भिजन दुवै थियो । उद्दम गर्ने, आर्थिक रुपमा स्वामलम्बी हुनेहरु राजनीतिमा हाबी हुनुपर्छ भन्ने मान्यता राख्थे । त्यही मिसनमा उनले इन्टरप्रेनर्स फर नेपाल भन्ने अभियान नै चलाए । उद्दमीहरु देशभर उत्पादन गर्ने लक्ष्यका साथ काम गरे । डिजिल म्याक्स सोलुसन सुरु गरे ।

उज्ज्वल थापाले धेरै कम्पनीहरु खडा गर्न सहयोगी भूमिका निभाए । कतिपय युवा उद्दमीका लागि उनी पथप्रदर्शक नै बने । ३० भन्दा बढी कम्पनी उनकै प्रोत्साहनमा खुलेका थिए । थापा स्वयंले वल्डप्रेस नेपाल शुरु गरे जसमा ५ हजारभन्दा बढी आइटी समुदाय रहे । उनले उद्दमी बन्दा र बनाउँदा बनाउँदै विवेकशील नेपालको स्थापना गरेका थिए । जसको उद्देश्य शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणका लागि जवाफदेही र नैतिकवान नेता उत्पादन गर्ने थियो ।

२०७२ सालको भूकम्पपछि विवेकशीलको टोलीले निकै महत्वपूर्ण योगदान दियो । जसका कारण उनको पार्टीको क्रेज बढ्यो । उज्ज्वल थापा स्वयं काठमाडौंबाट दोस्रो संविधानसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बने । उनी नागरिक आन्दोलन र अभियानहरुमा निरन्तर लागिरहे । सामाजिक उत्तरदायित्वप्रति सचेत बने ।

देशमा दक्ष जनशक्ति उत्पादन देखि उद्दमी निर्माणको अभियानमा महत्वपूर्ण भूमिका निभाउँदै आएका उज्ज्वल थापा आजबाट सँसारबाट बिदा भए । कोरोना भाइरसको संक्रमित भएका थापा हिजोमात्र संक्रमणमुक्त भएका थिए । रिपोर्ट नेगेटिभ आएपनि उनलाई बचाउने हरसम्भव प्रयास सफल भएन ।

उज्ज्वल थापा धेरै युवाका आशा र भरोसाका नेता थिए । त्यसैले उनको उपचारका लागि केही दिनमै ५० लाख जम्मा भयो । लाखौंको शुभेच्छा र स्वास्थ्यलाभको कामनासँगै पर्याप्त रकम जम्मा भएपनि उनलाई बचाउने कोशिश सफल भएन ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार