दक्षिण कोरियामा अवैध रूपमा बसोबास गर्ने विदेशीहरूको दर यस वर्ष सर्वाधिक उच्च रेकर्डमा पुगेको छ । प्रवासी कामदार र यात्रुहरु कोरोना महामारीको कारण ओभर स्टेमा रहेको तथ्यांक सार्वजनिक भएसँगै यस्तो तथ्यांक बाहिर आएको हो ।
कोरिया इमिग्रेशन सर्भिसले जारी गरेको तथ्यांकका अनुसार अप्रिलमा सब भन्दा बढी भिसा लिने विदेशीहरूको दर १९.७ प्रतिशत रहेको छ जुन अहिले सम्मको सबैभन्दा उच्च रेकर्ड हो । गत जनवरीमा १६.३ प्रतिशतमा रहेको दर गत जुलाई भन्दा यसपटक लगातार बढेको छ । गते अप्रिल २०२० मा १८ प्रतिशतमा पुगेको ओभर स्टेमा रहेने दर महामारीको छालसँगै बढ्दै छ ।
गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीको संख्या घट्ने कुनै संकेत देखाएको छैन । गत जुनमा कोरियाले स्वेच्छाले कोरिया छाड्न चाहने गैरकानुनी रूपमा बसेका विदेशीहरुलाई जरिवाना र प्रवेश प्रतिबन्धबाट छुट दिइएको थियो । यसका साथै स्वैच्छिक रूपमा देश छाड्न चाहने आप्रवासीहरूलाई पनि सरकारलाई पूर्व सूचना दिन अनलाइन प्रणाली प्रयोग गर्न अनुमति दिइयो । यद्यपि गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीको संख्या अझै घटेको छैन।