
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनाता समाजवादी पार्टीका (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारद्वारा प्रस्तुत बजेटमार्फत एमालेले सिधासादा मतदातालाई ललीपप बॉडेको टिप्पणी गर्नुभएको छ । पूर्व अर्थमन्त्री समेत रहनुभएका डा भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे ट्वीटरमार्फत प्रतिकृया दिनुहुँदै लेख्नुभएको छ– ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो ।’
डा भट्टराईले पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको भन्दै बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटिएको समेत टिप्पणी गर्नुभएको छ । उहाँले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले जनस्तरमा खासै प्रभाव नपर्ने आशयमा व्यङ्ग्य गर्दै लेख्नुभएको छ– ‘एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’
अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!
— Baburam Bhattarai (@brb1954) May 29, 2021