
क्वालालम्पुर– मलेसियामा लगातार बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्य नजरगर्दै देशव्यापी पुर्ण रुपमा लकडाउन,तालाबन्दी लगाउने भएको छ। हिजो मे २८ तारिख शुक्रबारको दिन मलेसियाको प्रधानमन्त्री तान श्री मुहिद्दीन यासीनको अध्यक्षतामा बसेको मन्त्री परिषदको बैठकले जुन महिनाको १ तारिखदेखि १४ तारिखसम्म लागू हुनेगरी १४ दिन सम्मको लागि अतिआवश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पुर्ण कामकाज देशैभर बन्द गरेर पुर्ण रुपमा देशव्यापी लकडाउन गर्ने निर्णय गरेको हो।
मलेसियामा हिजो एकै दिन ८ हजार भन्दा धेरै संक्रमित फेला परेको ६१ जनाको मृत्यु भएको तथ्यांक छ , अहिलेसम्म ७२ हजार भन्दा धेरै मानिसमा कोरोना सक्रिय रहेको छ । र यसले मलेसियामा पनि नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलिएको हुनसक्ने आङ्कलन सरकारले गरेको छ।
कोरोना संक्रमित क्रमशः बढ्दै गैइरहेकोले अब यहाँका अस्पतालहरु समेत बिरामी मानिसहरुको सङ्ख्याले भरिएको छ। त्यसैले देशमा थप स्वास्थ्य संकट आउन नदिनलाई कोरोनाको यस् संक्रमणलाई नियन्त्रण गर्न पुर्ण रुपमा लकडाउन लगाउनु बाहेक अन्य विकल्प नरहेकोले सरकार ले यो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको छ।