जीवन बदल्ने प्रेरक भनाई : अत्याधिक दुःखले आशाको जन्म दिन्छ, जसले बदल्छ हाम्रो सोच्ने शैली !



हामी धेरै जना कसरी सफलता प्राप्त गर्ने भन्ने चिन्ता गर्छौं । संसारमा त्यही व्यक्तिले सफलता प्राप्त गरेका हुन्छन जसले आफ्नो क्षमता पूर्ण रुपमा प्रयोग गरेका हुन्छन भने उनीहरुले नै प्रशिद्धि कमाएका छन्। हामी सबैलाई थाहा छ ,कतिपय कुरा सुनेर,पढेर जीवनमा लागु गर्दा सफल हुन् सकिन्छ । कतिपय कुराहरु अरुको देखेर, सुनेर, बुझेर पनि हामीले हाम्रो आफ्नो ज्ञानको दृष्टिलाई बढाउन सकिन्छ। महान् व्यक्तिहरुको बुझाई र भोगाई मात्र होइन, सामान्य भनिएका व्यक्तिहरुले पनि आफ्नो अनुभवबाट केही न केही कुरा सिकेर त्यसको सार बताइरहेका हुन्छन् ।

जसले डरलाई जित्न सक्छन उनीहरुको सफलताको सुरुवात त्यहि दिनबाट हुन्छ। प्रायः सपना सुरुवात अपत्यारिला हुन्छन्। तर, मेहनत र लगनशीलताको उपज सपना साकार बनाउन सकिन्छन्। वास्तवमा हामी भाग्यमा बढी निर्भर रहन्छौं। कुनै पनि सफलता प्राप्त गर्नु वा नगर्नुलाई हामी भाग्यको खेल भन्छौं। जबकि हाम्रो पूर्खाहरुले भन्दै आएका छन्, भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर हुँदैन। अर्थात् भाग्यमा छ भन्दैमा विना प्रयास वा श्रम त्यो प्राप्त गर्न सकिंदैन।

सबै ज्ञान हामीले आफ्नो जीवन,भोगाईबाट मात्र आर्जन गर्न संभव छैन र हुँदैन पनि । विभिन्न विद्वान, चिन्तक, महान व्यक्तित्वहरुले आफ्नो अनुभवको निचोड सुनाउने गरेका छन्, जो हाम्रो निम्ति प्रेरणादायी र जीवनोपयोगी हुन्छ । पहिलो त धेरै मानिसको जीवनमा केही सपना नै हुँदैन। उनीहरू बिनालक्ष्य र उद्देश्य जीवन बाँचिरहेका हुन्छन्। धेरै मानिस सपना पूरा गर्न नसकिने डरले सपना नै देख्दैनन्।

उनीहरूको साथमा जहिले पनि बहाना तयार हुन्छ। कहिले परिवारको, कहिले साथीभाइको तथा कहिले समयको बाध्यताको बहाना बनाउँछन्। जो असफल यात्राको सुविधा हो। सपनाको घेरा खुम्चिँदै जान्छ। केहीले एक-दुई प्रयासपछि असफलता बेहोर्नुपरे आफ्नो सपना नै पूरा नहुने भन्दै बाटो परिवर्तन गरिदिन्छन्। तर सफलताले निरन्तर सङ्घर्षको माग गर्छ। जति ठुलो सपना, त्यति नै ठुलो मेहनत र त्याग मागेको हुन्छ।

यहाँ केही सारभूत भनाईहरु उल्लेख गरिएको छ,जुन हाम्रो लागि प्रेरणादायी हुनसक्छ ।
– सफलताको कुनै सूत्र हुँदैन । यो त केवल श्रम, मेहनत र निरन्तरतामा निर्भर हुन्छ ।
-अरुको आलोचनाबाट बच्ने उपाय हो,केही नगर्नु, केही नभन्नु र केही नबन्नु ।
-कुनैपनि व्यक्ति आफुले चाहेजस्तै बन्न सक्छ, यदि दृढता, लगाव र सार्थक प्रयास छाडेन भने ।
-आफ्नो गल्ती स्विकार्नु एउटा गजब कला हो ।
-मान्छे प्रकृतिको सबैभन्दा विशेष कृति हो । उसले आफ्नो कल्पनालाई आफ्नो शक्तिभन्दा अगाडिसम्म लान सक्छ ।

-त्यस कुरामा कहिल्यै चिन्ता नगर, जुन तिम्रो अधिनमा छैन ।
-फलाम तातो हुने प्रतिक्षा नगर, बरु आफ्नो तापक्रमद्वारा त्यसलाई तातो बनाउ अर्थात समयको प्रतिक्षा नगर बरु समयलाई आफ्नो अनकुल बनाउने प्रयास गर । विलियम बी स्प्रेग
-जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो,ठट्टा गरेनौं भने । स्टिफन हकिङ्ग
-विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो । स्टिफन हकिङ्ग
-सफलता केवल त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जसले यो तथ्य जानेको हुन्छ कि असफलता एक अनिवार्य हिस्सा हो ।

-शिक्षाको अर्थ कुनै घडा भर्नु होइन, बरु भित्रको ज्योति बाल्नु हो ।
-जहाँ उत्साह हुन्छ, त्यही जीवन हुन्छ ।
-संसार आफैमा एक प्रयोगशला हो, तिमी जति प्रयोग गर्छौं, उत्तिनै सिक्नु र उत्कृष्टता हासिल हुनेछ ।
-मान्छे कहिल्यै पूर्ण हुँदैनन्, न त सन्तोषी ।
-चन्द्रमासम्म पुग्ने इच्छ महत्वकंक्षा हो, हृदयसम्म पुग्ने इच्छा बुद्धिमानी हो ।

-हरेक जीवन एउटा संभावना हो । यदि तपाईं त्यो संभावनालाई खुला राख्न चाहनुहुन्छ भने कसैप्रति कहिल्यै कुनै किसिमको धारणा नबनाउनुहोस् ।सद्गुरु
-जब तपाईं केही खानुहुन्छ, तब तपाईं धर्तीको एक अंशलाई आफुभित्र लिनुहुन्छ । अतः हामी धर्तीप्रति जस्तो व्यवहार गर्छौ, त्यस्तै व्यवहार हामी शरीरसँग गर्दछौ । सद्गुरु
-तपाईंका स्वास्थ्य अनि तपाईंका रोगहरु, तपाईंको आनन्द अनि दुःख कष्टहरु, सबै तपाईंभित्रबाट आउँछन् । यदि तपाईं खुसियाली चाहनुहुन्छ भने समय भएको छ, आफुभित्र फर्कन । सद्गुरु
-आफ्नो वास्तविक स्वरुपको ज्ञान, उद्यम, दुःख सहने शक्ति र धर्ममा स्थिरता यी गुणले मानिसलाई कुनै पनि पुरुषार्थ गर्नबाट रोक्न सक्दैन । तिनीहरु नै बुद्धिमान् भनेर चिनिन्छन् । विदुर नीति

-आफ्नो गल्तीलाई स्विकार नगर्नु, फेरी अर्को गल्ती गर्नु हो ।
-कहिल्यै परिस्थिती अनुरुप आफुलाई बदल्ने नगर, किनभने परिस्थिती बदल्ने सामाथ्र्य तिमीसँगै छ ।
-आफु स्वयंमका लागि समय देउ, किनभने तिम्रो पहिलो आवश्यक्ता तिमी स्वंयम हौं ।
-कोही साथी चप्पल जस्तै हुन्छन् । साथ त दिन्छन्, तर पछाडिबाट हिलो छ्याप्छन् ।
-जुन आज तिम्रो हो, त्यो हिजो अरु कसैको थियो । र, भोलि अर्कैको हुनेछ । परिवर्तन नै संसारको नियम हो ।

-जसले मनलाई नियन्त्रण गर्न सक्दैनन्, उसका लागि मन नै सत्रु समान हुन्छ ।
-मान्छे आफ्नो विश्वासबाट निर्मित हुन्छ । उसले जे विश्वास गर्छ, त्यही हुन्छ ।
-कर्म बन्धन होइन, मुक्ती हो ।
-प्रथमत तिमीले आफुलाई त्यस्तै बनाउनुपर्छ, जस्तो अरुबाट अपेक्षा राख्छौं ।
-जब जीवनमा अन्धकार छाउँछ, विचलित नहुनु । किनभने अन्धकारमा नै तारा देखिन्छ ।
-क्रोध, हर्ष, गर्व, लज्जा, उद्दण्डता तथा स्वयं को पूज्य मान्नु यी भावनाले जुन व्यक्तिलाई पुरुषार्थ र सत्मार्गबाट भड्काउँदैन, त्यही व्यक्ति बुद्धिमान् वा पण्डित भनेर चिनिन्छन् । विदुर नीति

-ज्ञानी पुरुष सधैं श्रेष्ठ काममा रुचि राख्छन् र उन्नतिको कार्यको लागि प्रयासरत हुन्छन् । भलाइको काम गर्ने मानिसको अवगुण पनि निकाल्दैनन् । विदुर नीति
-परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । यसैले सुख-दुःख, लाभ-हानि, जय-पराजय, मान-अपमान आदि भेदमा एक भावमा स्थित रहेर हामीले जीवनको आनन्द लिन सक्छौं । श्रीमद्भागवत गीता
-आफ्नो क्रोधमाथि नियन्त्रण गर । क्रोधले भ्रम पैदा गर्छ । भ्रमले बुद्धि विचलित हुन्छ । यसले स्मृति नष्ट गर्छ र यसप्रकार मानिसको पतन सुरु हुन्छ । क्रोध, कामवासना र भय यी हाम्रो शत्रु हुन् । श्रीमद्भागवत गीता
-नाम, पद, प्रतिष्ठा, सम्प्रदाय, धर्म, स्त्री वा पुरुष हामी होइनौं न यो शरीर नै हामी हौं । यो शरीर अग्नी, जल, वायु, पृथ्वी, आकाशबाट बनेको हो र अन्ततः यसैमा विलय हुन्छ । तर, आत्मा स्थिर छ र हामी आत्मा हौं । आत्मा कहिल्यै मर्दैन । न यसको जन्म हुन्छ, न मृत्यु । आत्मभावमा रहनु नै मुक्ती हो । श्रीमद्भागवत गीता

-अर्काको धनको अपहरण, परस्त्रीसँग संसर्ग, सहृदयीप्रति अतिशंका यी तीन दोष विनाशकारी छ । महर्षि बाल्मीकि
-संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् । महर्षि बाल्मीकि
-अत्याधिक दुःखले आशाको जन्म दिन्छ ।
-धैर्य र समय, यी दुबै सर्वाधिक शक्तिशाली योद्धा हुन् ।

-जब तिमी आफ्नो अनुभवले साहस र आत्मविश्वास हासिल गर्नेछौ, तिम्रो अनुहारमा भय हराउनेछ ।

-यस संसारमा असंभव केहिपनि छैन, यदि उत्साहलाई नछाड्ने हो भने । महर्षि बाल्मीकि

-जुन धन असाध्यै कठिनतासाथ प्राप्त हुन्छ, जसका लागि आफ्नो धर्म त्याग्नुपर्छ, जुन धन पाउनका लागि सत्रुको चाकडी गर्नुपर्छ, त्यस्तो धनमा मोह गर्नुहुँदैन । चाणक्य

-आत्माले कमजोर र चरित्रले दुर्बल व्यक्तिसँग कहिल्यै मित्रता गाँस्नु हुँदैन । किनभने उनले तपाईंमाथि त्यसबेला आक्रमण गर्न सक्छ, जतिबेला तपाईं कमजोर हुनुहुन्छ । चाणक्य

-मेहनत गर्नाले दरिद्रता रहँदैन । धर्म गर्नाले पाप रहँदैन । मौन रहनाले कलह हुँदैन । र, जागरुक रहँदा भय हुँदैन । चाणक्य

-पाँच बर्षसम्मको पुत्रलाई प्रेमले हुर्काउनुपर्छ । दश वर्षसम्म उनलाई कडा नियन्त्रणमा राखनुपर्छ । जब १६ बर्षको हुन्छ, तब मित्रको जस्तो व्यवहार गर्नुपर्छ । चाणक्य

-मानिस सफल हुन इच्छा, भावना र ज्ञान आवश्यक हुन्छ। यी तीन चिजलाई आत्मसात् गरेर अगाडि बढ्ने मान्छे जीवनमा सफल हुन्छ। प्लेटो

-काम गर्नुको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेकै सुरुवात हो। त्यसैले तपाईँले सोचेको कामलाई कार्यान्वयनमा लान थालिहाल्नुस्। जसले जीवन सफल बनाउन भूमिका खेल्छ।प्लेटो

-पहिलो र सबैभन्दा ठुलो जित भनेको आफैँमाथिको विजय हो। तपाईँले भविष्यमा हात पार्ने जितमा यसले ठुलो भूमिका खेल्छ। तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ।प्लेटो

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार