एमालेसँग पार्टी एकता गरियो, असल नियतका साथ । कम्युनिष्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृतिसँग जुध्नुपर्ने भयो । ओलीले सवै भताभुंग पार्ने काम गरे । माधवजी र हामीहरु मिलेर लडिरहेका थियौं । ओलीले प्रतिनिधिसभा असम्वैधानिक ढंगले विघटन गरे, हामीले लड्यौं । सर्वाेच्चले पूर्नस्थापना गरयो । फेरि सर्वाेच्चले अर्काे फैसल्ला गरयो । त्यसले एमाले र माओवादी छुटााईदिने गरेर विल्कुल राजनीतिक निर्णय गरेको थियो ।
अदालतको त्यस्तो राजनीतिक निर्णयको प्रतिवाद कसरी गर्ने ? हामी छलफलमा थियौं । हाम्रै संसदीय दलको कार्यालयमा पार्टीका बरिष्ठ नेता देखि कानुन ब्यवसायीसँग कुराकानी गरेका थियौं । यो राजनीतिक निर्णय भयो, अदालतको । यस्तोमा राजनीतिक प्रतिवाद गर्ने कुरा भयो । वरिष्ठ अभिवक्ता शम्भु थापा देखि सवैले राजनीतिक रुपमा प्रतिवाद गर्ने कुरा गर्नुभएको थियो । ‘तपाईहरु ढुढतापूर्वक एकतावद्ध भएर जानुभयो भने लडाई जितिन्छ’ शम्भुजीले भन्नुभएको थियो ।
त्यसपछि अधिवक्ताहरुलाई विदाई गरेपछि माधव, झलनाथ, नारायाणकाजी लगायतका हामी सचिवालयका साथीहरु त्यही छलफलमा बस्यौं । अव के गर्ने ? तुरुन्तै बाहिर प्रतिवाद कसरी गर्ने भन्नेमा स्थायी कमिटिको बैठक बस्यौं, त्यहाँ अध्याधिक वहुमत छ । जहासकुै केपीलाई परास्त गरेकै थियौं । भोलि ११ बजे स्थायी समितिको बैठक बस्यौं, त्यहाँ छलफल गरेर ब्यवस्थित ढंगले एउटा प्रस्ताव पारित गरौं, वक्तब्य दिऔं, र जनताका वीचमा जाऔं भन्ने भयो ।
त्यही अनुसार ११ वजेको बैठक र बक्तब्यको तयारी चलिरहेकै बेला विहान ८ बजेतिर माधव जीको फोन आयो, – हाम्रो भित्र विभिन्न मत देखा परे, जटिलता देखा परयो, महिले केही साथीहरुसँग छलफल गर्नुपर्ने भयो, यतापटटीको स्थायी समितिको बैठक वस्नुपर्ने भयो, त्यसकारण ११ बजे स्थायी समितिको बैठक नभ्याइने भयो । त्यसमा मैले धेरै आशंका गरिन, सायद कसरी जाने भन्ने बारेमा होमवर्क गरेर आउन खोजनुभयो होला भन्ने लाग्यो ।
माधव जी पार्टीको अर्काे अध्यक्ष भईसक्नुभएको थियो । उहाँले एक दुई घण्टा समय भनेपछि १, २ भन्दै ३ बजे पुराइयो । त्यसपछि उहाँहरु छलफल गर्नुभयो र आउनुभयो । माधवजीले मलाई अलग्गै भन्नुभयो– अदालतले निर्णय गरिसक्यो, यसलाई मान्दैनौं भन्दा झन् जटिलता पैदा हुन्छ, माओवादी केन्द्र पनि भईसक्यो, एमाले पनि भईसक्यो । हामी अहिलेलाई एमाले नै भएर जाने, त्यही भित्र संर्घष गर्ने भयौं ।’ माधवजीले मलाई तल अलग्गै यस्तो सुनाईसकेपछि म भावुक भए, अलिक स्तब्ध पनि भए ।
तपाईहरुको यो फाइनल हो भने महिले उहाँलाई सोधे । उहाँले भन्नुभयो –‘फाइनल हो । यसमा सवैको सर्वसम्मत कुरा भयो ।’ त्यसपछि त्यही कुरा राख्नुस न त बैठकमा भनियो, उहाँहरु सहित बैठकमा गइयो । त्यहाँ माधव जीले त्यही कुरा राख्नुभयो । खासगरी नारायणकाजी कमरेडले यो गर्ने हुन्न् । एक दुई दिन र्पर्खाे, अहिले यसरी जानै हुदैन भनेर अलिक जोड दिईरहनु भएको । अरु साथीले पनि भनिरहनु भएको थियो । तर उहाँहरुले सोचे÷सल्लाह गरेर अव हामी एमाले नै हुनुपर्छ, यता पटटी भयो भने माओवादी भए भन्दिन्छन् , झन अप्ठायारो पर्ने हुन्छ भन्ने निश्कर्षसहित आएपछि स्थिती अर्काे ठाँउमा गयो ।
त्यसपछि हामी माओवादी केन्द्रकै रुपमा अगाडी बढ्नुपर्ने अवस्था रह्यो । तर पनि माधव कमरेडहरुसँग सहकार्य गरिराख्ने नै हो, छलफल गरिराख्ने हो, मिल्ने विषयमा मिल्दै जाने हो र भोली फेरि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध र पार्टीलाई एकतावद्ध गर्न बातावरण बनाउने हो भन्ने खालको समझदारी त्यहाँ थियो । त्यसपछि हामी माओवादी संगठन तिरै फर्कियौं । उहाँहरु एमालेमै जनुभयो । त्यहाँ पनि उहाँहरु आफ्नै ढंगले संर्घषमै हुनुहुन्छ । त्यो स्थिती देखिन्छ । तर यहाँ हामीले गल्ती गरयौं भनेर पश्चाताप गर्नुपर्ने कँही पनि ठाँउ म देख्दिन । हामीले कमजोरी गरयौं । कहाँकाहा कमजोरी गरयौं र आउदा दिनमा सच्चाएर कसरी जाने भन्नेमा ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने मेरो निश्कर्ष छ पहिलो ।
दोस्रो , अव यो हुँदो रहेनछ, एमालेसँग एकता गरेर टिकेन । माधवजीहरुले पछि राजीनामा दिने भनेपनि के –के भयो, नहुने रहेछ । अव माओवादी मात्र मिल्नु पर्ने रहेछ । जनयुद्धमा सहभागी भएकालाई छिटो मिलाउनु पर्ने रहेछ । उनीहरुसँग मिल्न केही कमरेडहरुले अलिक वढी त्यस्ता सुझाव मलाई पठाउने पनि गर्नुभएको छ । बाहिर मिडियामा धेरै समर्थक÷ सुभचिन्तकहरुको पनि हेछु, सुनिरहेको छु, अव माओवादी मात्र एकतावद्ध हुनुपर्छ । अझ त्यसमा पनि जनयुद्धमा सहभागी भएकाहरु पहिला एक हुनुपर्छ भन्ने टिप्पणी आएका छन् ।
मेरो विचारमा त्यो सोचाई जो साथीहरुको इमान्दारिपूर्वक, एउटा पृष्ठभूमिलाई आधार बनाएर, भावनात्मक विचार गरेर, भावनामा आएर इमान्दारितापूवर्क भन्नुभएको छ, उहाहरुप्रति म कुनै टिप्पणी गर्दिन ।
हो, हामीले सवैलाई साथ लिने हो । तर आजको वर्गसर्घष, आजको वैचारिक राजनीतिक संर्घषको आवश्यकता, परिमार्जनको आवश्यकता जे भन्नुस्, त्यसलाई हेर्दा माओवादी मात्र एक भन्यौं भने त्यो त्रुटीपूर्ण हुन्छ । गल्ती हुन्छ भन्ने छ मेरो । हामीले त्यसो भन्नु हुदैन । माओवादी हिजो जनयुद्धमा सहभागी भएकै मध्ये आज एकथरी साथीहरु ७ जना मन्त्री तपाई हामीले देखेका छौं नी ! माओवादी नै थिएनन र ? थिए । अझ माओवादीका पनि चानचुने खालका भएका भए पनि हुन्थ्यो । धेरै वरिष्ठ खालकै थिए । के हुदो रहेछ त ? के भयो त ? हिजो हामीले जति उपलब्धी छन्, तिनलाई सस्थागत गरौं, र बाँकी अरु उपलब्धीका लागि लड्यौं भन्दा हामी विभाजित भएका हौं । के कारणले गर्दा भयो ? को प्रमुख दोषी हो ? कसको कारणले विभाजित भयौं ? कुन विचार र प्रवृतिले गर्दा ?
हामीले नजिकबाट हेरेका छौं । त्यसकारण माओवादी एक हुनुपर्छ भन्ने भावना राख्ने साथीहरुप्रति मेरो कुनै गुनासो छैन । टिप्पणी आलोचना पनि होइन । तर माक्र्सवादी दृष्टिकोणले हेर्दा, वर्गसंर्घषको आजको आवश्यकताको दृष्टिकोणले हेर्दा, आजको देशको राजनीतिक आवश्यकताको दृष्टिकोणले हेर्दा त्यो सोचाई साहैं सानो र संकीर्ण सोचाई हुन जान्छ । हामीले एकताको झन्डा उठाउनै पर्छ त्यो ठिक छ । हामीले कम्युनिष्ट आन्दोलनकै झण्डा, एकताको उठाउनुपर्छ । हामीले वृहत कम्युनिष्ट आन्दोलन निर्माणकै झण्डा उठाउने हो । यो वा त्यो गुटसँग एकता गरेपछि हुन्छ भन्ने ठान्ने सोचाईले हामीलाई काम दिँदैन । त्यसकारण महिले के भन्ने गरेको छु भने हामीले कम्युननिष्ट आन्दोलनको एकताको कुरा गर्ने हो । त्यसमा जो हामीसँग ‘इस्यु’मा नजिक छन्, तिनीहरुसँग अलिक छिटो सहज ढंगले एकता होला । अहिले पनि केपीको अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी कदमको विरुद्ध एक हुने, सवै कम्युनिष्ट आन्दोलनका समुहलाई कोहीसँग कार्यगत एकता, कोहीसँग मोर्चा, कोहीसँग पार्टी एकताको अधार बनाउने गरी जानु सही हुन्छ । त्यसकारण हामीले कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउने हो । माओवादी मात्रको एकता होइन ।
आजको परिस्थितीले त्यसलाई मान्दैन । ठिक छ, माओवादी आन्दोलनमालागेकाहरु एकतामा आउने, प्रतिक्रियावादीहरुका विरुद्ध संर्घषमा आउने र मिलेर जाने कुरा हुँदा खुसीको कुरा हो । महिले जहिले पनि त्यो अपिल गर्ने गरेको छु । तर कम्युनिष्ट आन्दोलनको नेतृत्वको हैसियतले र आजको दिनको वर्गसंर्घषको क्रान्ति, संर्घषको कुर्सीमा म बसेको छु र त्यसको पीडाको स्थितीबाट हामी गुज्रिएका छौ, त्यसरी हेर्दा हामीले कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउने हो । यो वा त्यो गुटसँग मात्र एकताको कुरा होइन ।
त्यसो गर्दा माधव नेपाल, झलनाथ खनालसँग मात्र होइन, केपी ओलीको भ्रममा भएका अरु थुप्रै साथीहरु त्यहाँ छन्, तिनीहरुलाई पनि हामीले एकतामा ल्याउने कोसिस गरिरहनु पर्छ । र, माओवादी आन्दोलनको पृष्ठभूमि भएका साथीहरुसँग पनि हामीले एकताको कोसिस गरिरहनु पर्छ । हामीले ठूलो छाती बनाएर माक्र्सवादी दृष्टिकोण अनुसार, ठूलै एकता र ठूलै आकाक्षा, ठूलै झण्डा एकताको उठाउने हो, सानो होइन ।
हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख वाहकको रुपमा भूमिका खेल्यौं । सवै उत्पीडित जाति, क्षेत्र, वर्ग, लिङग जसको समावेशिता र समानुपातिकताका निम्ति सवैभन्दा वढी हामी लड्यौं, उनीहरु सवै र हिजो शान्तिसम्झौता पक्षधर र गणतन्त्र पक्षधर सवै शक्तिलाई एकतावद्ध गर्ने कुरालाई विल्कुलै हामीले नजरअन्दाज गर्न हुदैन । उनीहरुलाई राष्टिय एकताको निम्क्ति हामीले के नेपाली काग्रेस, के जनता समाजवादी पार्टी, के अरु साना ठूला पार्टी/शक्तिहरु । सवै जाति, क्षेत्र, समुदाय सवैलाई एकतावद्ध गर्ने गरी राष्टिय एकताको झण्डा नै हामीले उठाउनुपर्छ । राष्टिय स्वाधिनताकै झण्डा उठाउनुपर्छ ।
हामीले जनवादी क्रान्तिका मूलभूत कार्यभार, आधारभूत पक्ष पूरा भए भन्दै गर्दा राष्टिय स्वाधिनताको पक्ष चुनौतिपूर्ण छ भन्ने विर्सन हुदैन । हामीले सामान्तवादमाथी राजनीतिक रुपले, अन्य रुपले आधारभूत रुपमा विजय हासिल गरेपनि हामीले बैदेसिक हस्तक्षेपका विरुद्ध विजय हासिल गरिसकेका छैनौं । त्यसकारण राष्टिय एकता, राष्टिय स्वाधिनताको पक्षमा सवै जातिको एकताको पक्षमा पनि हामीले अगाडी वढेर झण्डा उठाउनै पर्छ । हामीले सानो चित्त गरेर यसले हामीलाई यसो भन्यो, उसले यसो भन्यो भन्ने आधारमा वा एकछिन यो नेता रिसायो, ऊ रिसायो, कुन नेताले के टिप्पणी गरयो भन्ने आधारमा हामीले वृहतर राष्टिय हितलाई हेरेर आजको दिनमा भन्दा संविधानको पक्षमा उभिने, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिने, शान्ति सम्झौताको पक्षमा उभिने, समानुपातिक समावेशिताको पक्षमा उभिने र केपी प्रवृति निरंकुश छ, प्रतिगमनकारी छ भन्ने सवै शक्तिलाई लिएर जानुपर्छ । त्ययसपछि मात्र हामी कम्युनिष्ट आन्दोलनको पनि नेतृत्व गर्न सकिन्छ । उतारचढावहरु जतिसुकै आएपनि ।
त्यसो भए, अव हाम्रा प्राथमिकता के ? भन्ने आउँछ । अहिले घटनाक्रमले के देखायो भने हामी आफ्नो विचार, आप्mनो राजनीतिक मूल्य ÷मान्यतालाई, आफ्नो संगठनलाई, आफ्नो सस्कार र आचरणलाई राम्रो बनाउने । आफ्नो विचारलाई अझ परिमार्जन गर्न मेहनत गर्ने, राजनीतिक कार्यदिशा विकसित गर्न मेहनत गर्ने, संगठनलाई ब्यापक र सुढृढ गर्न बल गर्ने, अनि जनयुद्ध या जनआन्दोलनको बेलामा हामीलाई साथ दिएका शक्तिहरुसँगको सम्वन्धलाई विशेष रुपले लिने, हाम्रा शहीद परिवार, वेपत्ता योद्दाका परिवार, घाइते, अपांगहरुसँगको सामत्पियता , उनीहरुलाई सहयोग गर्ने कुरालाई प्राथमिकतामा राख्ने, हाम्रो जनाधारलाई सुढृढ गर्ने र आफ्नै खुटटामा उभिने, आफनो संगठनलाई बलियो बनाउने, आफ्नै जनाधारलाई सुढृढ बनाउने, हामीलाई यहाँसम्म ल्याउन त्याग, वलिदानको किर्तिमान कायम गरेका जनसमुदाय र आन्दोलनका सहभागीहरुको सम्वन्धलाई सुढृढ बनाउने कुरालाई पहिलो प्राथमिकता दिनैपर्छ । अहिले हामीले निकाल्ने निश्कर्ष यही हो ।
फागुन २३ को सर्वाेच्चको निर्णय आएपछि महिले कुनै न कुनै रुपमा अव तल नफर्किएसम्म हुदैन भनेर एउटा संकल्प सहित साथीहरुलाई अपिल पनि गरिरहेको छु । म आफै पनि जनताका कुराहरु सुन्ने कोसिस गरिरहेको छु । महिले सहीद परिवार, वेपत्ता परिवारको योद्दाहरुको वीचमा जाने कोसिस पनि यो वीचमा गरिरहेको छु । म दौडिरहेकै पनि थिए । तपाईहरुले देखिरहनु भएको पनि थियो । तर अहिले कोभिडका कारण जान सम्भव भईरहेको छैन । तर पनि त्यो कोसिस भईरहेको छ । त्यसकारण हाम्रो पहिलो प्राथमिकता आफ्नै विचार, आफ्नै राजनीति, आफ्नै संगठन र जनआधारलाई सुढृढ गर्ने कुरामा हामीले प्राथमिकता दिएर लाग्नै पर्छ । जनतातिर फर्किनैपर्छ । यो वीचमा हाम्रो त्रुटी भएको क्षेत्र भनेको यही हो । हामीले कामठमाडौंमा विभन्नि दलहरुसँग अन्र्तक्रिया , छलफल गर्दागदै सरकार बाउने, सरकार ढाल्ने, ढल्ने के –के यस्तै यस्तै बाट पहल लिन सकिन्छ की ? भने जस्तो गरी अलिक वढी नेतृत्वको तागत, हामी केन्द्रीय सदस्यहरुको तागत वढी यता खर्च भयो ।
आफ्नो संगठन बनाउने, आफ्नो सहिद परिवार, वेपत्ता परिवारलाई राहत उपलब्ध गराउने, उनीहरुका गुनासो के छन् ? त्यसलाई सुन्नेतिर हामीले त्रुटी गरेकै हो । सायद यो ठूलै त्रुटी गरयौं । यसो गर्ने छुट हामीलाई थिएन । जसले हामीलाई यहाँसम्म ल्याउन योगदान गरे, तिनै जनता, गाउँघरका उत्पीडित वर्ग, टोलटोलका, काठमाडौं उपत्यकाभित्र पनि कस्तो जटिल स्थितीमा पनि हामीलाई साथ दिने जनता, कार्यकर्ता, सहीद वेपता परिवार र देशभरका ग्रामिण इलाकामा हजारौं -हजारौमा रहेकाहरु हाम्रो प्राथमिकतावाट छुटे यो वीचमा ।
हामीले तिनलाई प्राथमिकता दिएर, तिनलाई बलियो बनाउने र तिनको आधारमा जालि फटाहसँग लड्रिहने, प्रतिक्रियावादीको षडयन्त्रका विरुद्ध लडिरह्ने कुरालाई, कार्यसूचि जुनस्तरको बनाउनु पर्ने हो, हामीले त्यो बनाउन सकेनौं । त्यसको निम्क्ति अब म प्रमुख नेता र अध्यक्ष हुनुको नाताले महिले कति लिनुपर्ने हो जिम्मा ? अथवा महिले के त्याग गर्नुपर्ने हो त्यसका लागि म तयार छु ।
तपाईहरु मध्ये कतिलाई लाग्न सक्छ – भनेको मात्र होला । त्यस्तो होइन । मेरो अव केही छैन, यही पार्टी, यही आन्दोलन, यही देश, यही जनता, यही समाजवादको निर्माण वाहेक मेरो केही पनि छैन । त्यसकारण तपाईहरु सवैले भन्नुहुन्छ भने तहिले यति गरिस्, सहिद परिवारलाई पनि तहिले गरेर हामीले पनि ध्यान दिएनौं , तपाईहरुले पनि दिनुभएन , हिस्सा त तपाईहरुलाई पनि छ । तर तपाई हरुलाई मुख्य भन्दिन । म आफै हो ।
महिले के त्याग गर्नुपर्ने हो ? आउने बैठकमा तपाईहरुले भने हुन्छ । म खुसीसाथ त्याग गर्न तयार छु । हामीले त्रुटी गरेकै हो । अव सच्चाउनुपर्ने त्यही नै छ । जनता, वर्गतिर फर्किने । प्राथमिकता अव आफ्नै खुट्टामा उभिने हो, आफ्नै वर्गमा फर्किने हो । विचार राजनीतिमा भर पर्ने हो, आफ्नै जनाधार सुढृढ बनाउने हो । त्यसो गरेमा अझै पनि हाम्रो भविश्य उज्जवल हुन्छ । किनकी एजेण्डाका हिसावले, इतिहासको आवश्यकतालाई सम्वोधन गर्ने कुरामा हाम्रो तुलना अरुसँग हुन सक्दैन ।
त्यसो गरेनौं भने हामी भईराख्ने किन ? भन्ने दिन आउन पनि सक्छ । तर जनतालाई बलियो बनाइयो भने हामीलाई कसैले पनि सिध्याउन सक्दैन । हिजो हामीलाई कसैले दयामाया गरेर बनेको होइन । हामीले लडेर नै लिएको हो । त्यही नेत्र हाम्रो ठूलो त्रुटी भयो ।
यसो भन्दैमा फेरि अर्काे अतिबादमा जाने खतरा पनि हुन्छ । त्यसो भए, अरु सवै छोडौ, सवैले काठमाडौं छोडिदिउ, साथीहरुले अन्य पक्षसँग कुरा गर्न पनि छोडिदेऊ , अव इस्यु भित्र संसदभित्र संर्घष गर्न पनि छोडिदिऊ भन्नेतिर गयो भने त्यो अर्काे अतिबाद हुन्छ । त्यसले पनि हामीलाई सही ठाँउमा पुराउँदैन । यसलाई प्राथमिकता दिँदै हाम्रो शक्तिको ठूलो शक्ति आफ्नै जनाधारतिर परिचालित गदै राष्टिय एकता गर्ने जिम्मेवारी, राजनीतिक आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी, संविधानको रक्षा गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, समानुपातिक समावेशिक मूल्य मान्यताको रक्षा गर्नुपर्ने आवश्यकता र त्यसको जिम्मेवारी गर्नुपर्ने दायित्ववाट हामी पर जान सक्देनौं ।
(प्रचण्डले पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा नेताहरुलाई गरेको सम्वोधनको केही अंश)