अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो, ३ दिनमै ८ को मृत्यु



काठमाडौं, २१ फागुन । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)को अनुसार बुधबार थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । पछिल्लो तीन दिनमा अमेरिकामा कोरोना भाइरसबाट ८ जनाको ज्यान गएको छ । सोमबार र मंगलबार तीन/तीन जनाको ज्यान गएको थियो भने बुधबार दुई जनाको ज्यान गएको छ ।

अमेरिकामा बुधबार मात्रै थप ३४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यो सँगै कोरोनाको संक्रमण हुनेको संख्या एक सय ५८ पुगेको छ । ८ जना अटिल अवस्थामा छन् भने नौ जना पूर्ण रुपमा निको भएका छन् । कोरोनाका कारण विश्वभरि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ८५ पुगेको छ भने ९५ हजारभन्दा ८ सय भन्दबढीमा सङ्क्रमण देखिएको छ । गत डिसेम्बरको अन्तिमतिर चीनको हुवाइबाट फैलिएको यो भाइरस अहिले ८० भन्दा बढि मुलुकमा फैलिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते बिहिवार