सत्ताको लुछाचुँडी हैन तत्काल श्रमिकलाई राहत देउ : संयुक्त ट्रेड युनियन



काठमाडाै‌ | संयुक्त ट्रेड युनियन संघर्ष समितिले तत्काल श्रमिकलाई राहतको व्यवस्था गर्न माग गरेको छ । संयुक्त ट्रेड युनियनको तर्फबाट विज्ञप्ति जारी गर्दै बन्दाबन्दीले राेजिराेटी गुमाएका श्रमजीवी वर्गलाई लक्षित गरेर तत्काल राहत प्याकेज सार्वजनिक गर्न माग गरिएको छ । त्यस्तै सत्ताकाे लुछाचुँडीले देशलाई असर पुगेको भन्दै जनताप्रति उत्तरदायी हुन समेत ट्रेड युनियनको माग छ ।

यस्तो छ संयुक्त विज्ञप्ति
संसदको विघटन गर्दै ओलि सरकारद्वारा चालिएका प्रतिगामी तथा तानाशाही कदमका सम्बन्धमा हामी संयुक्त ट्रेड युनियन संघर्ष समितिका तर्फबाट निम्न लिखित साझा धारणा राख्न चाहन्छौ ।
१)कोरोना नियन्त्रण र रोकथामका निमित्त भनेर नेपाल सरकारद्वारा घोषित निशेधआज्ञा लागुभएको चार हप्ता पूरा हुन लागिसकेको छ ।यस बिचमा सरकारद्वारा श्रमिकहरुका निम्ति न कुनै राहत न कुनै सहयोगको नै घोषणा गरिएको छ ।श्रमिकहरुको जीवन प्रति संवेदनहिन बर्तमान सरकारलाई तुरुन्त राहत प्याकेज घोषणा गर्न जोडदार माग गर्दछौं ।

२)संक्रामक रोगको त्रासदी सिर्जना गरेर निजि स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले कृतिम अभाव र त्यसको चर्को प्रचारवाजी गर्दै चरम लूट मच्चाइरहेका छन र श्रमिक लगायत सर्व साधारणकालागी उपचार सेवाबाट बन्चित गराउदै लगिएको छ ।त्यो सरकार द्वारा अगाडि बढाइएको उदारीकरणको परिणाम हो ।हामी स्वास्थ्य सेवालाई सम्पुर्ण जनसमुदायको पहुच स्थापित गर्न सो क्षेत्रलाई सरकारी नियन्त्रणमा संचालन गर्न माग गर्दछौं ।

३)हालै सरकारद्वारा आगामी बर्षदेखि लागू हुनेगरी निर्धारित निर्धारित तलव / ज्याला सम्बन्धमा केही यथास्थितिवादी ट्रेड युनियनहरुको समेत सुझावलाई ध्यान दिएर गरिएको भनिएको निर्णय प्रती गम्भीर असहमति र बिरोध प्रकट गर्न चाहन्छौ ।श्रम र पुजि बजारमा आउने हरेर संकटको समाधान श्रमशक्तिको दोहन गरेर वा त्यसको बोझ श्रमिकहरुको थाप्लोमा थोपरेर होइन बरु पुजिपतीबर्गको नाफाको हिस्सा कटौती गरेर समाधान गरिनुपर्छ भन्ने माग गर्न चाहन्छौ ।

४)पुरानो अध्यारो युगको अन्त्य र नयाँ उज्यालो युगको सुरुवात जस्ता लोमहर्षक नारा लगाउदै दलाल पुजिपतीबर्गका सानो गुटस्वार्थमा लिप्त ओली सरकार राष्ट्रघात ,जनघातका साथै संसद समेत विघटन गरेर तानाशाही बाटोतर्फ अगाडि बढिरहेको छ ।यी समग्र परिघटना कुनै ब्यक्ति ,गुट वा पार्टीको मात्र नभएर सिंगो ब्यबस्था र प्रणालीको दोषको परिणाम हो ।अत:हामी श्रमिकबर्गको समेत समुचित प्रतिनिधित्व भएको राजनितिक ब्यबस्था स्थापनाको बाटोमा आन्दोलन अगाडि बढाउने वारे सोच्न,बहस सिर्जना गर्न र त्यसदिशातर्फ आन्दोलन अगाडि बढाउन आग्रह गर्न चाहन्छौ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार