जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटाइयो



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा.डा. जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाइएको छ । सोमबारको मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसअघि गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ । गौतमको ठाउँमा मन्त्रालयको नयाँ प्रवक्ता भने तोकिएको छैन ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार