देउवाको पक्षमा एमालेका २५ सांसद, दुई जना अनुपस्थित- एक जना बिरामी, अर्काेलाई पखाला !



काठमाडौँ । प्रधानमन्त्रीमा नेपाली कँँग्रेसका सभापति शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्र्दै एमालेको माधव कुमार नेपाल पक्षका कम्तीमा २५ सांसदले हस्ताक्षर गरेका छन् ।काँग्रेस माओवादी, एमालेको नेपाल समूह, जसपाको उपेन्द्र समूह र जनमोर्चा गरी ५ दलीय गठबन्धनको तर्फबाट सर्वोच्चमा दर्ता गर्न लागिएको रिटमा एमालेका २५ जना सांसदले हस्ताक्षर गरेका हुन् । यसअघि शुक्रवार २६ जनाले मात्र हस्ताक्षर गरेका थिए । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २५ सांसदले हस्ताक्षर गरेका हुन् ।

नेपाल पक्षका एक नेताले गोकर्ण बिष्ट बिरामी भएको भन्दै अनुस्थित रहे भने अर्का योगेश भटराईले साथ छाडेको अनुमान गरिएको छ।संसदको लेखा समितिको हलबाट बाहिँदै नेपाल पक्षका सांसद झपड रावलले भने, ‘गोकर्णजी बिरामी भएकाले आउन सक्नुभएको छैन। अर्को एकजना साथीलाई पखाल लागेको छ रे’ साथ छाडेको विषयलाई सांकेति रुपमा इंगित गरेका रावलले ती सांसदको नााम भन्न चाहेनन्।तर उनी योगेश भट्टराई नै भएको बताइएको छ ।त्यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले रिट निवेदनमाम हस्ताक्षर गरेको दाबी गरिएको छ। सांसद प्रदीप यादवले आफ्नो पक्षका १२ जनाले उपस्थित भइ देउवाको पक्षमा हस्ताक्षर गरेर नागरिकता बुझाएको बताए। उनले भने, ‘हामी १२ जनाले हस्ताक्षर गरेका छौँ। अहिले कांग्रेस संसदीय दलको कार्यालयमा छौँ। केही बेरमा सर्वोच्च जान्छौँ।’

त्यस्तै कांग्रेसका ६१, माओवादी ४८ र जनमोर्की दुर्गा पौडेलले पनि देउवाको पक्षमा हस्ताक्षर गरेकी छन्। रिट निवेदन तयार पार्न संलग्न कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधिसभाका १३६ जना चाहिने भए पनि १४९ जना पुगेका छन्।शुक्रबार देउलाले १४९ जना सांसदको हस्ताक्षरसहित दिएको दाबी र ओलीले १५३ जना सांसदको दाबी पेश गरे पनि राष्ट्रपतिले दुवैलाई अस्वीकार गरि प्रतिनिधिसभा विघटनको बाटो खोलिदिएकी थिइन्। उक्त निर्णय असंवैधानिक भएको दाबीसहित विपक्षी गठबन्धन बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट निवेदन दिन लागेका हुन्। आइतबार संसद विघटनविरुद्ध सर्वोच्चमा २५ वटा निवेदन पेश भएको छ।

रिटमा हस्ताक्षर गर्ने एमाले सांसदहरुको सूची – विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल,सोमप्रसाद पाण्डे,कृष्णलाल महर्जन, झपट रावल,निरादेवि जैरू, सरला यादव,कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ,यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने, मेटमणि चौधरी,दिपक प्रकाश भट्ट,नारायण खतिवडा, अन्य दुई जनाको नाम प्राप्त हुने क्रममा छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार