माधव नेपालजस्तो ङिच्च दाँत देखाउने निर्लज्ज मान्छे दुनियाँमै छैन : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालजस्तो निर्लज्ज मान्छे दुनियाँमा नदेखिएको बताउनुभएको छ । आइतबार बालुवाटारमा पत्रकार सम्मेलनमार्फत् प्रमुख प्रतिपक्ष दलसँग मिलेर पार्टीका अध्यक्षलाई हटाउने नेपालजस्तो निर्लज्ज मान्छे दुनियाँमा कहीँ नदेखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नै पार्टीको अध्यक्ष, संसदीय दलको नेता एवं प्रधानमन्त्रीलाई हटाएर र प्रमुख प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउनका लागि निर्लज्ज भएर कुँदेको यो लोकतान्त्रिक आन्दोलनमै छैन कहीँ । कहीँ हुँदैन यस्तो । छैन । जो माधव नेपालको नेतृत्वमा निर्लज्ज प्रर्दशन भयो । यस्तो रेकर्ड दुनियाँमा छैन । कमसेकम म बस्न सक्दिन भनेर इमान देखाउछन् । म नेकपा एमालेको वरिष्ठ नेता भएर लाजमर्दाे भएर कोही पनि जाँदैन क्या ! एमालेको नेताविरुद्ध विपक्षी नेताको पक्षमा हस्ताक्षर गरेर अनि म एमालेको वरिष्ठ नेता भनेर ङिच्च दाँत देखाएर बस्न, यस्तो निर्लज्ज दुनियाँमा देखिएको छैन ।’

नेपाल समूहले दर्ता गरेको भनिएको पार्टीलाई ‘डुब्लिेकेट’ पार्टी दर्ता गरिएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । उहाँले भन्नुभयो, ‘डुब्लिेकेट’ पार्टी दर्ता गरिएकादर्ता गराएको छ । कति छद्म खेल । छद्म पनि के होर पत्रैपत्र । षड्न्यत्रै षड्यन्त्रै, धोकै धोका, बेइमानी नै बेइमानी । निर्लज्जै निर्लज्ज । अब हामीले स्पष्टीकरण सोधेका छौँ र तदर्थ निलम्बनको कारबाही थाल्छौँ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपालले झुक्याएर सांसदहरुको हस्ताक्षर बुझाएको आरोप प्रधानमन्त्री ओलीले लगाउनुभएको छ । साथै, अझैँ पनि फराकिलो साथ फर्किएर आउनेहरुलाई साथ दिन तयार रहेको उहाँले बताउनुभयो । यद्यपि, भीरबाटै खस्नेलाई के गर्न नसकिने उहाँले बताउनुभयो । यसैगरी सरकारले चुनाव नभए पनि खोप ल्याउने उहाँले बताउनुभएको छ । ‘सरकारले चुनाव नभए पनि खोप ल्याउछ र लगाउछ । जनताको स्वास्थ्यमाथि खेलवाड गर्न मिल्दैन । चुनावसँग तर्सिने प्रचण्ड माधव नेपालजस्ताहरुको खेती हो यो ।’

साथै, आगामी चुनाव भयो भने आफ्नो बेहाल हुने डरले यस्तो खेल रचिएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘चुनाव भयो भने आफ्नो बेहाल त हुन्छ हुन्छ । बामपन्थी भनेको छ, लोकतन्त्र भनेको छ तर, भित्र भित्र छिरेर लोकतन्त्रको नारा दिने । अनुशासनहीन, अराजकता, अमर्यादित क्रियाकलाप नेपाली जनताले देखेको छ । अरु पार्टीभित्र छिरेर दुनो सोझाउने प्रवृत्ति जनताले देखेका छन् ।’

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार