बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित



काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले देवकोटा विजयी भएको बताए। देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन् । तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार