कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार