साइबर सेनाको विरुद्ध लालसेना बनेर खडा हुन पत्रकारलाई माधवकुमारकाे निर्देशन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकाअध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। ‘केपी ओली झुटको पुलिन्दा हो। उहाँले एकै दिन एउटा पद तीनजनालाई दिन बाड्न सक्छन्,’ उनले भने, ‘उहाँले प्रचण्ड र मलाई भर्‍याङको रुपमा मात्रै प्रयोग […]

Continue Reading

म कठोर भएँ भने ओलीलाई भित्तामा पुर्‍याउन सक्छु : प्रचण्ड

काठमाडौँ | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कठोर भएर लागे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामै पुर्‍याउन सक्ने चेतावनी दिएका छन्। दाहालले आफ्नो समूह निकट प्रेस संगठन नेपालद्वारा मंगलबार राजधानीमा आयोजित दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन्। उनले ओलीलाई इंगित गर्दै भने, ‘ओलीजी मैले जनयुद्धको पनि नेतृत्व गरेको हुँ। म कठोर […]

Continue Reading

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका […]

Continue Reading

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस नेपालमा पनि भेटियो

काठमाडौं, ५ माघ । नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रजाती (भेरियन्ट) देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका तीन जना नेपाली नागरिकमा नयाँ प्रजाती (भेरियन्ट)को कोरोना भाइरस देखा परेको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नयाँ प्रजातीको भाइरसको संक्रमण हो-होइन भन्ने पुष्टि गर्नका लागि मिति २०७७ पुष २७ गते विश्व […]

Continue Reading

माघ १६ पछि आमहड्ताल गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । सोमबार आफू निकट अखिल […]

Continue Reading

अन्तिम समयसम्म कसरत गर्दा पनि मोदीले भेटेनन् मन्त्री ज्ञवालीलाई !

काठमाडौँ, ५ माघ । नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ । जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश […]

Continue Reading

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं, ५ माघ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर […]

Continue Reading

पानीजहाज कार्यालयको बिजोग : कर्मचारी जानै मान्दैनन्

काठमाडौँ, माघ । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । उनीहरुले तुरुन्तै अन्य कार्यालयमा सरुवा मिलाउने गरेका छन् । पानी जहाज कार्यालयका रजिस्ट्रार पद २०७६ भदौदेखि खाली […]

Continue Reading

परराष्ट्रमन्त्री ज्ञवालीको त्यो तस्वीर, जसले हरेक नेपालीको शिर निहुरियाे !

आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने नेकपाको केपी ओली समूहका नेता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा सार्वजनिक भएको एउटा तस्वीरले स्वाविभानी नेपालीको शिर निहुरिएको छ । ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटेको तस्वीरका कारण नेपालीको ‘शिर निहुरिएको’ हो । नेपाल-भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका मन्त्री ज्ञवालीले शनिबार स्वदेश फर्कनुअघि […]

Continue Reading

ओलीलाई योगेशको जवाफ, ‘नवौँ महाधिवेशनमा तपाईको भन्दा ७६ भोट बढी ल्याएको हुँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘एउटा केटो पुक्क लात्ताले हानेर भाग्यो’ भनेको भोलिपल्ट भट्टराईले सार्वजनिक मञ्चबाटै जवाफ फर्काएका छन् । नेकपा (प्रचण्ड–माधब) समूह रामेछापले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले नवौँ महाधिवेशनदेखि एउटै कमिटिमा भएको व्यक्तिलाई केटो भनेर सम्बोधन गर्ने ? भन्दै प्रश्न गरेका छन् । ‘हो म केटो नै […]

Continue Reading